२७ फागुन, संखुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका –७ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
चैनपुर–७ फलाटेमा घाँस काट्ने क्रममा रुखबाट लडेर ४० वर्षीय राम बहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सूचना अधिकारी धन बहादुर राजवंशीले बताए ।
बुधबार दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवाको आधारभूत अस्पताल चैनपुरमा पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राई सहितको टोली घटनास्थल पुगेको थियो ।
उनको शव पोस्टमार्टमका लागि आधारभूत अस्पताल चैनपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4