News Summary
Generated by OK AI. Editorially reviewed.- सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना बुधबार सकिएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ सबैभन्दा बढी १५ हजार ३ सय ४३ मत प्राप्त गरी पहिलो दल बनेको छ।
- प्रत्यक्षतर्फ नेकपा एमालेका अर्जुन कार्की निर्वाचित भएका छन् र ६३ हजार ६ सय ३४ मत खसेको थियो।
२७ फागुन, सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना बुधबार सकिएको छ ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सङ्खुवासभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ नजिते पनिसमानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।
बुधबार बिहान घोषित समानुपातकितर्फको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी मत पाएको हो । प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ जितेको नेकपा एमाले दोस्रो भएको छ ।
१ लाख २१ हजार २७ मतदाता रहेको सङ्खुवासभामा समानुपातकितर्फ ६३ हजार ४ सय २ मत खसेको थियो । अन्तिम मत परिणाममा रास्वपाले समानुपातिकतर्फ १५ हजार ३ सय ४३ मत प्राप्त गरेको छ । रास्वपाले प्रत्ययक्षतर्फ १५ हजार मत प्राप्त गरेको थियो । २०७९ सालको निर्वाचनमा रास्वपा यस जिल्लामा चौथो स्थानमा रहेको थियो ।
तर, यसपटकको निर्वाचनमा उल्लेख्य मतसहित पहिलो स्थानमा उक्लिंदै जिल्लाको राजनीतिक समीकरणमा ठूलो परिवर्तन देखिएको छ । त्यस्तैगरी नेकपा एमाले १३ हजार ९ सय १४,नेपाली कांग्रेसले १२ हजार १ सय ६४,श्रम संस्कृति पार्टीले १२ हजार ३९ मत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २ हजार ६ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।
प्रत्यक्षतर्फ देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा अन्तिममा सङ्खुवासभाको मतगणनाको नतिजा सोमबार राति मात्र आएको थियो ।
जिल्लाको उत्तरी क्षेत्र भोटखोला चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका क्षेत्रको मतपेटिका खराब मौसमका कारण नेपाली सेनाको हेलिकोप्टरले समयमा सङ्कलन गर्न नसकेपछि तीनपछि मात्र मतगणना गरिएको थियो ।
प्रतिनिधिसभा समानुपातिक तर्फ २ हजार ७ सय ३४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सङ्खुवासभामा समानुपातिकतर्फ प्रतिनिधिसभामा ५७ दलको सहभागिता रहेको थियो । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनतर्फ एमालेका अर्जुन कार्की निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा प्रत्यक्ष १ लाख १९ हजार ६ सय ३० मतदाता रहेको सङ्खुवासभामा ६३ हजार ६ सय ३४ मत खसेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक स्वतन्त्र सहित १६ जना चुनावी मैदानमा रहेका थिए ।
प्रतिक्रिया 4