+
+
Shares

पप संगीतमा अंग्रेजी भाषाको वर्चस्व घट्दै, कोरियाली र स्पेनीको दबदबा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पोटिफाइले गत वर्ष विश्व संगीत चार्टमा अंग्रेजी बाहेक १६ फरक भाषाका गीत समावेश भएको जनाएको छ।
  • स्पोटिफाइले गत वर्ष संगीत उद्योगलाई ११ अर्ब डलर रोयल्टी भुक्तानी गरेको छ र बेलायतमा ८६ करोड पाउन्ड रोयल्टी दिएको छ।
  • म्यासिभ अट्याक लगायत केही कलाकारले स्पोटिफाइसँगको सम्बन्ध तोड्दै कम्पनीको रक्षा प्रविधि कम्पनी हेल्सिङसँगको सम्बन्धको विरोध गरेका छन्।

बीबीसी । संगीत स्ट्रिमिङ सेवा स्पोटिफाइले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार विश्व संगीत चार्टमा अंग्रेजी भाषाको गीतको प्रभुत्व क्रमशः घट्दै गएको देखिएको छ ।

कम्पनीका अनुसार गतवर्ष स्पोटिफाइको ‘ग्लोबल टप ५०’ सूचीमा स्पेनिस, कोरियन, पोर्चुगिज, टर्किस, इन्डोनेसियन र अरबीसहित १६ फरक भाषाका गीत समावेश भएका थिए । यो संख्या सन् २०२० को तुलनामा दोब्बरभन्दा बढी हो ।

स्पेनिस भाषामै मात्र गीत गाउने गायक ब्याड बन्नी गत वर्ष विश्वकै सबैभन्दा धेरै स्ट्रिम गरिएका कलाकार बनेका छन् । त्यस्तै, ब्रिट अवार्ड विजेता गायिका रोसालियाले आफ्नो पछिल्लो एल्बम लक्स मा १४ फरक भाषिक शैलीमा गीत गाएकी छन् ।

स्पोटिफाइका अनुसार विश्वभर सबैभन्दा तीव्र गतिमा लोकप्रिय हुँदै गएको संगीत शैली ब्राजिलियन फङ्क हो, जसका श्रोताको संख्या ३६ प्रतिशतले बढेको छ ।

त्यसपछि के-पप ३१ प्रतिशतले बढेको छ भने ट्रयाप ल्याटिनो शैलीका गीतको लोकप्रियता २९ प्रतिशतले वृद्धि भएको छ । स्पोटिफाइका अनुसार ती सबै संगीत शैलीले गत वर्ष मात्र कम्पनीबाट १०० मिलियन अमेरिकी डलरभन्दा बढी रोयल्टी आम्दानी गरेका छन् ।

तर पनि विश्व संगीत बजारमा अंग्रेजी भाषा अझै प्रमुख नै छ । संगीत उद्योगसम्बन्धी संस्था आईएफपीआईका अनुसार गत वर्ष सबैभन्दा धेरै बिक्री भएका शीर्ष २० एल्बममध्ये १४ वटा एल्बम पूर्ण रूपमा अंग्रेजी भाषामा गाइएका थिए ।

यद्यपि, दक्षिण कोरियाली ब्यान्ड स्ट्रे किड्स, एन्हाइपेन र सेभेन्टिन पनि उक्त सूचीमा परेका छन् । त्यसैगरी जापानी रक समूह मिसेस ग्रीन एप्पल पनि सूचीमा समावेश भएको छ ।

यसले पछिल्ला वर्षहरूमा श्रोताहरू परम्परागत रक र पप संगीतभन्दा बाहिर गएर विभिन्न भाषा र शैलीका संगीत सुन्नतर्फ आकर्षित हुन थालेको संकेत गर्छ ।

गत साता स्पोटिफाइको सबैभन्दा धेरै सुन्ने गीतको सूचीमा पनि विभिन्न देशका कलाकारका गीत समावेश थिए । सूचीमा प्युर्टो रिकोका ब्याड बन्नी र राउ अल्हेन्द्रो, इन्डोनेसियाका नाधिफ बसालामाह, दक्षिण अफ्रिकाकी टाइला, नाइजेरियाकी टेम्स, कोलम्बियाका रायन क्यास्ट्रो, मेक्सिकोका एल बोगुएटो, पेसो प्लुमा, नेटोन भेगा र फुएर्जा रेगिदा, तथा दक्षिण कोरियाका ब्ल्याकपिंक, जंग कुक र जिनका गीत थिए ।

विशेष गरी रोसे र ब्रुनो मार्सको ‘एपीटी’ र हन्टर एक्सनको गोल्डेन /गोल्डेन यी गीत हुन्, जुन मुख्यतः अंग्रेजीमै भए पनि केही वाक्यांश भने कोरियन भाषामा गाइएका छन् ।

भुक्तानीमा कीर्तिमान

स्पोटिफाइले आफ्नो वार्षिक ‘लाउड एन्ड क्लियर’ प्रतिवेदन सार्वजनिक गर्दै यी तथ्यांकहरू सार्वजनिक गरेको हो । यस प्रतिवेदनमा विश्वव्यापी स्ट्रिमिङ अर्थतन्त्रको विवरण प्रस्तुत गरिएको छ ।

कम्पनीका अनुसार गत वर्ष स्पोटिफाइले संगीत उद्योगलाई ११ अर्ब डलर रोयल्टी भुक्तानी गरेको छ । सन् २०२४ मा यो रकम १० अर्ब डलर थियो । कम्पनीले आफूलाई विश्वकै संगीत उद्योगलाई सबैभन्दा धेरै भुक्तानी गर्ने प्लेटफर्म भएको दाबी पनि गरेको छ ।

बेलायतमा मात्र स्पोटिफाइले कलाकारलाई ८६ करोड पाउन्ड रोयल्टी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो । त्यसमध्ये ७५ प्रतिशतभन्दा बढी आम्दानी बेलायत बाहिरका श्रोताबाट आएको कम्पनीले जनाएको छ ।

स्पोटिफाइका अनुसार गत वर्ष करिब १५० जना बेलायती कलाकारले १० लाख पाउन्डभन्दा बढी रोयल्टी प्राप्त गरेका छन् । त्यस्तै, ५ लाख पाउन्डभन्दा बढी आम्दानी गर्ने कलाकारको संख्या सन् २०१८ पछि दोब्बरभन्दा बढी भएको छ ।

विश्व स्तरमा हेर्दा शीर्ष ८० रेकर्डिङ कलाकारले स्पोटिफाइबाट मात्र वर्षमा १ करोड डलरभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

तर कम्पनीले रोयल्टीको फाइदा केवल केही चर्चित कलाकारमा सीमित नभएको पनि जनाएको छ । उसका अनुसार करिब आधा रोयल्टी स्वतन्त्र कलाकार र स्वतन्त्र संगीत कम्पनीहरूबाट उत्पन्न भएको छ ।

स्पोटिफाइका अनुसार गत वर्ष मात्रै १३ हजार ८०० भन्दा बढी कलाकारले १ लाख डलरभन्दा बढी आम्दानी गरेका छन् ।

कलाकारलाई कम पारिश्रमिक दिने गरेको आलोचना बढेपछि स्पोटिफाइले यस्तो विस्तृत तथ्यांक सार्वजनिक गरेको विश्लेषक बताउँछन् । सामान्यतया कुनै गीत एक पटक स्ट्रिम हुँदा कलाकारले ०.००२ देखि ०.००३५ पाउन्ड मात्र प्राप्त गर्ने गर्छन् भन्ने धारणा छ ।

तर स्पोटिफाइबाट वितरण हुने रोयल्टी रकम सधैं सिधै कलाकारकै हातमा पुग्छ भन्ने पनि छैन । धेरै अवस्थामा त्यस रकममा रेकर्ड लेबल, वितरक, प्रकाशक, व्यवस्थापक र गीतकारले पनि आफ्नो हिस्सा लिने गर्छन् ।

यसैबीच केही कलाकारले स्पोटिफाइसँगको सम्बन्ध नै तोडेका छन् । म्यासिभ अट्याक, डियरहुफ र किङ लिजार्ड एन्ड द गिजार्ड विजार्ड जस्ता कलाकारले कम्पनीको रक्षा प्रविधि कम्पनी हेल्सिङसँग रहेको सम्बन्धको विरोध गर्दै यस्तो निर्णय गरेका हुन् ।

स्पोटिफाइका सह-संस्थापक तथा प्रमुख कार्यकारी ड्यानियल एक हालै जर्मन प्रविधि कम्पनी हेल्सिङका अध्यक्ष बनेका छन् । यो कम्पनीले लडाकु विमान र एआई स्ट्राइक ड्रोन जस्ता सैन्य प्रणालीमा प्रयोग हुने कृत्रिम बुद्धिमत्ता (एआई) सफ्टवेयर विकास गर्छ ।

स्पोटिफाइबाट आफ्ना गीत हटाउने निर्णय घोषणा गर्दै म्यासिभ अट्याकले भनेको छ, “कलाकारमाथि लामो समयदेखि आर्थिक भार त थियो नै, अब त्यसमा नैतिक र नैतिकतासम्बन्धी प्रश्न पनि थपिएको छ । प्रशंसकले तिरेको पैसा र कलाकारको सिर्जनशीलताबाट आएको आम्दानी अन्ततः घातक प्रविधिको विकासमा प्रयोग हुनु उचित होइन ।’

यस विषयमा प्रतिक्रिया दिँदै स्पोटिफाइका प्रवक्ताले भनेका छन्, ‘स्पोटिफाइ र हेल्सिङ दुई छुट्टाछुट्टै कम्पनी हुन् र उनीहरूको सञ्चालन स्वतन्त्र रूपमा हुन्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?