News Summary
Generated by OK AI. Editorially reviewed.- थ्रीस्टार क्लबले आफ्नो ‘ए’ डिभिजन हैसियतअनुसार मताधिकार पाउनुपर्ने मागसहित अखिल नेपाल फुटबल संघलाई ज्ञापनपत्र बुझाएको छ।
- उच्च अदालत पाटनले थ्रीस्टार क्लबलाई ‘ए’ डिभिजन लिगमै रहने फैसला २०८२ फागुन १३ गते गरेको थियो।
- एन्फाका महासचिव किरण राईले थ्रीस्टार क्लबको मागप्रति एन्फा सकारात्मक रहेको जानकारी गराएका छन्।
२७ फागुन, काठमाडौं । थ्रीस्टार क्लबले आफ्नो ‘ए’ डिभिजन हैसियतअनुसार मताधिकार पाउनुपर्ने मागसहित अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ज्ञापनपत्र बुझाएको छ।
बुधवार थ्रीस्टार क्लबले एन्फाका महासचिव किरण राईलाई ज्ञापनपत्र बुझाउँदै क्लब ‘ए’ डिभिजनमै रहेको भन्दै सोहीअनुसार मताधिकार दिन माग गरेको हो।
विसं २०८२ साल फागुन १३ गते उच्च अदालत पाटनले थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने फैसला गरेको थियो। उक्त फैसलाको पूर्णपाठ प्राप्त भएपछि क्लबले एन्फामा आफ्नो हैसियत कायम गरिनुपर्ने र सोहीअनुसार मताधिकार दिनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको क्लबले जनाएको छ।
थ्रीस्टारका अनुसार महासचिव राईले क्लबको मागप्रति एन्फा सकारात्मक रहेको जानकारी गराएका छन्।
प्रतिक्रिया 4