+
+
Shares

सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमले निर्वाचन आयोगमा ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च विवरण पेश गरेकी छिन्।
  • गौतमले मनोनयन दर्ता, प्रचार सामग्री, मतदाता प्रशिक्षण, नमुना मतपत्र छपाइ, वडास्तरीय प्रचार, सवारी साधन, स्टेशनरी र खाद्यान्नमा खर्च गरेको विवरण सार्वजनिक गरिन्।
  • निर्वाचन आयोगले उम्मेदवारहरूले आफ्नो खर्च विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ र धेरै उम्मेदवारले धमाधम विवरण सार्वजनिक गरिरहेका छन्।

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च विवरण पेश गरेकी छिन् ।

गौतमले निर्वाचन आयोगमा बुधबार निर्वाचनको बेलामा आफूले गरेको खर्च विवरण पेश गरेकी हुन् । सामाजिक सञ्जालमार्फत उनले आयोगमा पेश गरेको विवरण सार्वजनिक गरेकी छिन् ।

सार्वजनिक विवरण अनुसार, गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेकी छिन् । जस अन्तर्गत, मनोनयन दर्ताका लागि ५ हजार, प्रचार प्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता प्रशिक्षणका लागि ३० हजार, नमुना मतपत्र/घोषणापत्र छपाइका लागि ७४ हजार २ सय, वडास्तरीय प्रचार प्रसार (१५ दिन) १ लाख, सवारी साधन २ वटा ३ लाख २५ हजार (चालक र इन्धन सहित), स्टेशनरी २३ हजार ४४५ र खाद्यान्न, रासन तथा पानी १ लाख १८ हजारको खर्च भएको उल्लेख छ ।

निर्वाचनमा सहभागी उम्मेदवारहरूले धमाधम आफ्नो खर्च विवरण सार्वजनिक गरिरहेका छन् । आयोगले आफ्नो खर्च विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

गौतम चितवन–३ बाट ५९ हजार २७७ मत ल्याएर निर्वाचित भएकी हुन् ।

नेकपाबाट उम्मेदवार बनेकी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई फराकिलो मतान्तरले हराउँदै उनले निर्वाचित भएकी हुन् । रेनुले भने २० हजार ६१५ मत ल्याएर दोस्रो बनिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?