+
+
Shares

मध्यपूर्व युद्धमा १ हजार ८०० भन्दा बढीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १३:०२
टेड्रोस अधानोम गेब्रेयसस

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य संगठनले इरान र इजरायल-अमेरिका बीचको युद्धका कारण मध्यपूर्वमा मानवीय संकट चरम अवस्थामा पुगेको चेतावनी दिएको छ।
  • महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले गत फेब्रुअरी २८ देखि सुरु भएको सैन्य कारबाहीमा १ हजार ८०० भन्दा बढीको मृत्यु र १२ हजार ५०० भन्दा बढी घाइते भएको जानकारी दिए।
  • डब्लुएचओले सबै पक्षलाई नागरिक र स्वास्थ्य पूर्वाधारको सुरक्षा गर्न तथा मानवीय सहायताका लागि बाटो खुला गर्न अपिल गरेको छ।

२८ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठन ले इरान र इजरायल-अमेरिका बीचको युद्धका कारण मध्यपूर्वमा मानवीय संकट चरम अवस्थामा पुगेको चेतावनी दिएको छ।

महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार गत फेब्रुअरी २८ देखि सुरु भएको सैन्य कारबाहीमा इरान, लेबनान र इजरायलमा गरी १ हजार ८०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १२ हजार ५०० भन्दा बढी घाइते भएका छन्।

सबैभन्दा ठूलो क्षति इरानमा भएको छ, जहाँ १ हजार ३०० भन्दा बढीको ज्यान गएको छ।

महानिर्देशक गेब्रेयससले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत स्वास्थ्य संस्थाहरूमाथि भइरहेका बढ्दो आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् ।

इरानमा १८ र लेबनानमा २५ वटा स्वास्थ्य केन्द्रहरूमा हमला भएका छन्, जसले गर्दा घाइतेहरूको उपचारमा गम्भीर बाधा पुगेको छ।

लेबनानमा ७ लाख र इरानमा १ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। खानेपानी र सरसफाइको अभावमा महिला तथा बालबालिकाहरूमा रोगको संक्रमण फैलने जोखिम बढेको छ।

डब्लुएचओले सबै पक्षलाई नागरिक र स्वास्थ्य पूर्वाधारको सुरक्षा गर्न तथा मानवीय सहायताका लागि बाटो खुला गर्न अपिल गरेको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?