News Summary
Generated by OK AI. Editorially reviewed.- मोनालिसाले मुस्लिम प्रेमी फरमान खानसँग विवाह गरेकी छन् र परिवारको विरोधपछि दुवैले प्रहरीसँग सुरक्षा मागेका छन्।
- मोनालिसा र फरमानले डेढ वर्षदेखि फेसबुकमार्फत चिनजान गरी प्रेम सम्बन्ध विकास गरेका थिए।
- परिवारको विरोधपछि मोनालिसा र फरमान केरालाको तिरुवनन्तपुरमस्थित थम्पानूर प्रहरी कार्यालय पुगेका थिए र सुरक्षाको माग गरेका थिए।
महाकुम्भमा आफ्ना सुन्दर आँखा र निर्दोष मुस्कानका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी मोनालिसा फेरि चर्चामा आएकी छन् । यसपटक भने उनी व्यक्तिगत जीवनका कारण उनी चर्चामा आएकी हुन् ।
समाचारअनुसार उनले मुस्लिम प्रेमी फरमान खानसँग विवाह गरेकी बताइएको छ । तर यस सम्बन्धप्रति उनको परिवारले विरोध जनाएपछि दुवैले सुरक्षाका लागि प्रहरीसँग संरक्षण माग्नुपरेको बताइएको छ ।
मिडिया रिपोर्टअनुसार मोनालिसा र फरमानले डेढ वर्षदेखि एक-अर्कालाई चिन्दै आएका थिए । उनीहरूको भेट सामाजिक सञ्जाल फेसबुकमार्फत भएको बताइएको छ, जहाँबाट सुरु भएको मित्रता विस्तारै प्रेममा परिणत भएको थियो ।
पछि दुवैले विवाह गर्ने निर्णय गरेपछि परिवारले त्यसको विरोध जनाएपछि विवाद झन् बढेको बताइएको छ ।
परिवारको विरोध र सम्भावित जोखिमलाई ध्यानमा राख्दै मोनालिसा आफ्नो प्रेमीसँगै केरालाको तिरुवनन्तपुरमस्थित थम्पानूर प्रहरी कार्यालय पुगेकी बताइएको छ । त्यहाँ पुगेर उनीहरूले सुरक्षाको माग गरेका थिए ।
दुवैले आफूहरू आफ्नै इच्छाले सँगै बस्न चाहेको र कुनै पनि प्रकारको धम्की वा दबाबबाट जोगाइदिन प्रहरीसँग अनुरोध गरेको जनाइएको छ ।
यस घटनासँग सम्बन्धित एउटा भिडियो पनि सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ । उक्त भिडियोमा मोनालिसा र फरमान प्रहरी कार्यालयमा देखिन्छन् । भिडियो सार्वजनिक भएपछि यो विषय झन् चर्चामा आएको छ ।
मोनालिसा त्यही युवती हुन्, जो महाकुम्भ मेलाका क्रममा आफ्नो फरक पहिचान र निलो-खैरो आँखाका कारण इन्टरनेटमा चर्चित बनेकी थिइन् । त्यसबेला उनका तस्बिर र भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएका थिए र हेर्दाहेर्दै उनी देशभर चर्चाको विषय बनेकी थिइन् ।
अहिले उनको विवाह र परिवारको विरोधसम्बन्धी विषय पनि सामाजिक सञ्जालमा निकै चर्चामा छ । कतिपयले यो सम्बन्धको समर्थन गरेका छन् भने केहीले फरक–फरक प्रतिक्रिया जनाइरहेका छन् ।
हाल दुवैले सुरक्षाका लागि प्रहरीसँग अनुरोध गरेका छन् र आगामी निर्णयको प्रतीक्षा भइरहेको बताइएको छ ।
प्रतिक्रिया 4