+
+
Shares

पुस्तकमा पञ्चायतविरुद्ध भूमिगत बस्ने महिला नेतृहरूको जीवनी

पार्टीमाथि प्रतिबन्ध लगाइएको पञ्चायत कालमा भूमिगत बस्ने २८ जना महिला नेताको जीवनी समेटिएको पुस्तक ‘भूमिगत महिला’ सार्वजनिक भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पञ्चायतकालमा भूमिगत बसेकी २८ महिला नेताको जीवनी समेटिएको पुस्तक 'भूमिगत महिला' मोतीदेवी स्मृति केन्द्रले सार्वजनिक गरेको छ।
  • पुस्तकमा लिला कट्टेल, गौरा प्रसाई, सिता खड्का लगायत २८ महिला नेताको संघर्ष र भूमिका समेटिएको छ।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित महिला नेताहरुले पुस्तकको सामुहिक विमोचन गरेका छन् र जीवनी समेटिएका नेताहरुलाई सम्मान गरिएको छ।

२८ फागुन, काठमाडौं । पार्टीमाथि प्रतिबन्ध लगाइएको पञ्चायत कालमा भूमिगत बस्ने २८ जना महिला नेताको जीवनी समेटिएको पुस्तक ‘भूमिगत महिला’ सार्वजनिक भएको छ ।

मोतीदेवी स्मृति केन्द्रले भूमिगत जीवन बिताएकी नेतृहरुको जीवनी समेटेर पुस्तक प्रकाशन गरेको हो । ११६औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक पुस्तकमा राजनीतिक व्यवस्था परिवर्तनमा महिला नेताहरुको भूमिका उल्लेख गरिएका छन् ।

विन्दा पाण्डेले सम्पादन संयोजन गरेको यो पुस्तकमा लिला कट्टेल, गौरा प्रसाई, सिता खड्का, शोभा कुँवर, शान्ता मानवी, अष्टलक्ष्मी शाक्य, गोमा देवकोटा, सुशिला श्रेष्ठ, राधा ज्ञवाली, उमा हमाल, छलीकुमारी कुँवर, टिका बस्नेत र टुका हमालको संघर्षलाई समेटिएको जनाइएको छ ।

यस्तै देउकला राई, पवित्रा निरौला, लोचना अधिकारी, प्रभा कोइराला, मीरा थामी, मेनका काफ्ले, मेनका पोखरेल, राधा तिमल्सेना, लिला कट्टेल, विजय घिमिरे, बिष्णु खड्का, सावित्री बस्नेत, सिता गिरी, सिता बस्नेत, सुशिला अधिकारी र सुशिला पौडेलको जीवनी पुस्तकमा समेटिएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहित महिला नेताहरुले पुस्तकको सामुहिक विमोचन गरेका छन् । पञ्चायतकालमा पार्टी निर्माण गर्न २७५ जना नेता भूमिगत भएका थिए । त्यस मध्ये ४९ जना महिला छन् ।

पुस्तकका सम्पादक पाण्डेका अनुसार भूमिगत भएका बाँकी १७ महिला नेताको जीवनी भने यो पुस्तकमा समेटिएको छैन । पुस्तकमा जीवनी समेटिएका नेताहरुलाई सम्मान समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?