+
+
Shares

यूएईले अमेरिकालाई आफ्नो भूमिबाट इरानमाथि आक्रमणको अनुमति नदिने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त अरब इमिरेटकी राज्यमन्त्री लाना नुसैबेहले अमेरिकालाई इरानमाथि आक्रमण गर्न यूएईको हवाई क्षेत्र या भूमि प्रयोगका लागि अनुमति नदिइने बताउनुभयो।
  • उनले इरानी आक्रमणलाई अत्यन्तै गम्भीर, गैरकानूनी र बिना कुनै उक्साहटमा गरिएको भनेकी छन्।
  • नुसैबेहले यूएईलाई आत्मरक्षाको अधिकार भएको र अगाडि बढ्ने बाटो कूटनीति नै हुनुपर्नेमा जोड दिनुभयो।

२९ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट (यूएई) की राज्यमन्त्री लाना नुसैबेहले अमेरिकालाई इरानमाथि आक्रमण गर्न यूएईको हवाई क्षेत्र या भूमि प्रयोगका लागि अनुमति नदिइने बताएकी छन् ।

खाडी देशहरूमा इरानले गरिहरेको आक्रमणको निन्दा गरेकी उनले इरानी आक्रमणलाई अत्यन्तै गम्भीर, गैरकानूनी र बिना कुनै उक्साहटमा गरिएको आक्रमण भनेकी छन् ।

नुसैबेहले यूएईले इरानविरुद्ध जवाफी कारबाही गर्छ त भन्ने प्रश्नको सोझो जवाफ नदिएकी उनले यूएईलाई आत्मरक्षाको अधिकार भएको बताइन् । बीबीसीका अनुसार उनले अगाडि बढ्ने बाटो कूटनीति नै हुनुपर्नेमा भने जोड दिएकी छन् ।

उनले देशको अर्थव्यवस्था मजबुत रहेको भन्दै तेल संरचना (आयल इन्फ्रास्ट्रक्चर) र पर्यटन उद्योगमाथि भएको आक्रमणको झड्का झेल्न सक्ने बताइइन् । जसमा दुबई अन्तर्राराष्ट्रिय हवाई अड्डा र केही होटलहरूमा भएको आक्रमण परेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?