+
+
Shares

युक्रेनबाट निस्किएको तेलले निस्टर नदी प्रदूषित, मोल्डोभामा खानेपानी आपूर्ति बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युक्रेनी क्षेत्रबाट निस्टर नदीमा कच्चा तेल बगेर मोल्डोभाका धेरै शहरमा खानेपानी आपूर्ति बन्द गरिएको छ।
  • मोल्डोभाको वातावरण मन्त्रालयले नदीको पानी पिउन, घरेलु प्रयोजन र पशुचौपायालाई दिन प्रतिबन्ध लगाएको छ।
  • मोल्डोभाले युक्रेनसँग आधिकारिक स्पष्टीकरण माग गरेको छ र नदीमा तेल रोक्न आयुल बुम्स जडान गरेको छ।

२९ फागुन, काठमाडौं । युक्रेनी क्षेत्रबाट ‘निस्टर’ नदीमा कच्चा तेल बगेर आएपछि मोल्डोभाका कैयौँ शहरहरूमा खानेपानीको हाहाकार मच्चिएको छ।

मोल्डोभाको वातावरण मन्त्रालयका अनुसार नदीमा तेलको मात्रा अत्यधिक देखिएपछि नसालाभ्चा लगायतका क्षेत्रमा पानीको आपूर्ति पूर्ण रूपमा बन्द गरिएको छ।

अधिकारीहरूले नदीको पानी पिउन, घरेलु प्रयोजनमा ल्याउन वा पशुचौपायालाई दिनसमेत कडा प्रतिबन्ध लगाएका छन्।

मोल्डोभाका वातावरण मन्त्री जर्ज हाज्दरले तेललाई थप तलतिर बग्न नदिन कोसाउती र याम्पोल क्षेत्रमा ‘आयुल बुम्स’ (तेल रोक्ने अवरोधकहरू) जडान गरिएको जानकारी दिएका छन्।

यो प्रदूषण युक्रेनको निस्टर जलविद्युत् केन्द्रमा भएको सम्भावित दुर्घटनाका कारण भएको हुनसक्ने आशंका गरिएको छ । मोल्डोभाको दोस्रो ठूलो शहर बाल्तीमा पनि खानेपानी आपूर्ति प्रभावित भएको छ।

राजधानी चिसिनाउ लगायतका प्रमुख शहरहरूको मुख्य खानेपानीको स्रोत नै यही नदी भएकाले अधिकारीहरूले पानीको गुणस्तर निरन्तर निगरानी गरिरहेका छन् र मोल्डोभाले यसबारे युक्रेनसँग आधिकारिक स्पष्टीकरण माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?