+
+
Shares

कन्चन बिच्छाको रिट खारेज, प्रदेश सांसद पद बहाल नहुने

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मधेश प्रदेशमा सदस्य रहेकी कन्चन बिच्छाको रिट खारेज भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मधेश प्रदेशकी सदस्य कन्चन बिच्छाको पद बहालीको माग राखिएको रिट खारेज भएको छ।
  • उनले नेकपा एमालेका नेता सरोज यादव नेतृत्वको सरकारमा सहभागी भएपछि पार्टीले उनलाई कारबाही गरेको थियो।
  • न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले उक्त रिट खारेज गरेको छ।

२९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मधेश प्रदेशमा सदस्य रहेकी कन्चन बिच्छाको रिट खारेज भएको छ ।

पार्टी निर्देशनविपरीत नेकपा एमालेका नेता सरोज यादव नेतृत्वको सरकारमा सहभागी भएपछि उनी कारबाहीमा परेकी थिइन् । उनी यादव नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेकी थिइन् । पार्टीले उनलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो ।

समानुपातिक सांसद बिच्छाले आफ्नो पद बहालीको माग राख्दै रिट दायर गरेकी थिइन् । शुक्रबार न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले रिट नै खारेज गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?