३० फागुन, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिनिधिसभा निर्वाचनको गम्भीर समीक्षा गरेर दृढतापूर्वक जनताको पक्षमा उभिनु नै अहिलेको आवश्यकता भएको बताएका छन् । शनिबार नेकपा एमाले अर्घाखाँची–रूपन्देही सम्पर्क मञ्चको बुटवलमा आयोजना गरेको बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्यले यस्तो बतएका हुन् ।
उनले संगठन परिचालन, निरन्तर समीक्षा र मूल्याङ्कन गरी जनताको पक्षमा उभिनुको विकल्प नभएको पनि बताए । जनतामा विकास र समृद्धिको आकांक्षा रहेको उल्लेख गर्दै त्यो पूरा गर्नसक्ने सामर्थ्य एमाले नेतृत्वसँग मात्रै रहेको बताए । ‘एमाले नेतृत्वमा भएको सरकारले गरेका महत्त्वपूर्ण कामबारे बुझाउन नै सकेनौँ । त्यो अझैँ पनि बुझाउनुपर्ने आवश्यकता छ,’ उनले भने । –रासस
प्रतिक्रिया 4