+
+
Shares

गुल्मीको सिस्ने भिर सडकखण्ड एक महिना बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते ८:१८

१ चैत, गुल्मी । गुल्मी जिल्लास्थित रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडकअन्तर्गत सिस्ने भिर खण्ड एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ ।

सडक डिभिजन पाल्पाको पत्रानुसार उक्त स्थानमा स्तरोन्नतिका लागि आजदेखि ३० गतेसम्म चौबीसै घण्टा सडक बन्द गरिने जिल्ला प्रशान्त कार्यालयले जनाएको छ ।

सिस्ने भिर अत्यन्त साँघुरो र संवेदनशील स्थान भएकाले कटिङ गर्दा ढुङ्गा खस्ने जोखिम बढेको र सवारी दुर्घटना हुन सक्ने सम्भावना रहेकाले सुरक्षा सावधानी अपनाउँदै सडक बन्द गरिएको हो ।

निर्वाचनअघि पनि एक महिनासम्म सडक बन्द गरेर स्तरोन्नतिको काम गरिएको थियो ।

यस अवधिमा सो सडक प्रयोग गर्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। वैकल्पिक मार्गका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न सकिने जनाइएको छ ।

प्रशासनले यात्रु तथा सवारी चालकलाई आवश्यक योजना बनाएर यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?