+
+
Shares

जिल्ला अस्पताल सल्यानमा चिकित्सक अचेत भेटिए, हेलिकप्टरबाट सुर्खेत लगियो

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८२ चैत १ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला अस्पताल सल्यानमा कार्यरत ३७ वर्षीय एमडीजीपी चिकित्सक बुद्धिनाथ शाह अचेत अवस्थामा फेला परेपछि प्राथमिक उपचार गरिएको छ।
  • उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।
  • अस्पताल परिसरभित्र विषादीको बोतल फेला परेको र करिब २०० एमएल प्रयोग भएको अस्पतालले जनाएको छ।

१ चैत, काठमाडौं । जिल्ला अस्पताल सल्यानमा कार्यरत एक चिकित्सक अचेत अवस्थामा फेला परेका छन् । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उडाएर सुर्खेत लगिएको छ ।

अस्पतालमा कार्यरत ३७ वर्षीय बुद्धिनाथ शाहलाई हेलिकप्टरबाट उडाएर सुर्खेत लगिएको हो ।

विगत दुई वर्षदेखि जिल्ला अस्पताल सल्यानमा कार्यरत उनी एमडीजीपी चिकित्सक हुन् । उनको घर महोत्तरी जिल्ला, मधेश प्रदेशमा रहेको बताइएको छ ।

अस्पताल स्रोतका अनुसार, बिहान नियमित राउन्डमा नआएपछि उनको खोजी सुरु गरिएको थियो । खोजीका क्रममा अस्पताल परिसरभित्र निर्माणाधीन भवन नजिकै बिहान करिब ९:४५ बजे उनी अचेत अवस्थामा फेला परेका थिए ।

घटनास्थलमा ओपी कम्पाउन्ड नामक विषादीको बोतल फेला परेको र करिब २०० एमएल प्रयोग भएको देखिएको अस्पतालले जनाएको छ । डाक्टर शाह राति करिब १२:४४ बजे खाना खाएर सुत्न गएको बताइएको छ ।

उनी अचेत अवस्थामा फेला परेपछि जिल्ला अस्पताल सल्यानमा प्राथमिक उपचार गरिएको थियो ।

थप उपचार आवश्यक भएपछि उनलाई काठमाडौं पठाउने प्रयास गरिए पनि प्रतिकूल मौसमका कारण सम्भव नभएपछि तत्कालका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको स्वास्थ सेवा कार्यालय सल्यानका प्रमुख अर्जुन कुमार बुढामगरले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?