News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्की फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकामा कर्णाली प्रदेश भ्रमणमा मतदाता, कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद दिन गएकी छन्।
- प्रधानमन्त्री कार्कीले कर्णाली भ्रमणको क्रममा रारा ताल पनि भ्रमण गरेकी छन्।
- उनले यसअघि पोखरा र मुक्तिनाथ पनि भ्रमण गरिसकेकी छन्।
५ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन् ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तपुर्वक सम्पन्न भएकामा मतदाता, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद दिन कर्णाली पुगेको उनको सचिवालयले जनाएको छ । यही अवसरमा उनी रारा ताल पनि पुगेक छन् ।
यसअघि उनी पोखरा, मुक्तिनाथ पनि पुगेकी थिइन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमाले अध्यक्षसमेत रहेका केपी ओली नेतृत्वको एमाले-कांग्रेससहितको गठबन्धन सरकार ढलेको थियो । त्यसपछि कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।
सरकारले ६ महिनाभित्र निर्वाचन गराउने घोषणा गरेको थियो । सोहीअनुसार फागुन २१ मा निर्वाचन सम्पन्न भयो । निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ । झन्डै दुई तिहाइ सिटसहित रास्वपाले नयाँ सरकार गठन गर्दैछ ।
प्रतिक्रिया 4