+
+
Shares

रविसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न सर्वोच्चको आदेश

गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न र गत २ माघको निर्णय पनि पेश गर्न आदेश दिएको छ।
  • महान्यायाधिवक्ता सबिता भण्डारीले ३० पुसमा लामिछानेको हकमा मात्र आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्।

५ चैत, काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश दिएको छ । न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेस गर्न आदेश दिएको हो ।

गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् । तर, दुई दिनपछि २ माघमा भने लामिछानेसहित अरू सबै आरोपितहरूका हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।

यद्यपि, सर्वोच्चमा ३० पुसको मात्रै निर्णय पेस भएको भेटियो । त्यसपछि न्यायाधीशद्वयले २ माघमा भएको निर्णय झिकाएर पेस गर्न आदेश दिएको हो ।

सर्वोच्चको आदेश अनुसार अब यो इजलासले रविको मुद्दा नहेर्न पनि सक्छ ।

इजलासले रविको मुद्दा हेर्न नमिल्ने न्यायाधीशबाहेक अरू न्यायाधीश भएको इजलासमा मुद्दा पेस गर्नू भनी आदेश गरेको हो ।

सर्वोच्चको यो आदेशले रविसम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने देखिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?