News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वप्रसिद्ध के-पप समूह बीटीएसले शुक्रबार नयाँ एल्बम 'अरिराङ' सार्वजनिक गरी लामो अन्तरालपछि कमब्याक गरेको छ।
- 'अरिराङ' एल्बममा १४ वटा गीत छन् र समूहले 'स्विम' शीर्षक गीतको म्युजिक भिडियो पनि रिलिज गरेको छ।
- शनिबार सियोलमा बीटीएसको पुनरागमन कन्सर्ट आयोजना हुँदैछ र नेपाली दर्शकले नेटफ्लिक्समार्फत लाइभ हेर्न पाउनेछन्।
काठमाडौं । विश्वप्रसिद्ध के-पप सांगीतिक समूह बीटीएस अन्ततः फर्किएको छ । लामो प्रतीक्षापछि ब्याण्डले शुक्रबार नयाँ एल्बम ‘अरिराङ’ सार्वजनिक गर्दै कमब्याक गरेको हो ।
यो एल्बममा कुल १४ वटा गीत समावेश छन् । एल्बम सार्वजनिकसँगै ब्याण्डले ‘स्विम’ शीर्षकको गीतको म्युजिक भिडियो पनि रिलिज गरेको छ, जसले छोटो समयमै दर्शकको ध्यान तानेको छ ।
नयाँ एल्बम ‘अरिराङ’ विभिन्न अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा उपलब्ध छ । श्रोताले स्पोटीफाई, एप्पल म्युजिक, युट्युब म्युजिक लगायतका प्लेटफर्ममार्फत गीतहरू सुन्न सक्नेछन् ।
समूहले यस एल्बमार्फत आफ्नो सांगीतिक शैलीलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ । ‘स्विम’ म्युजिक भिडियोमा पनि दृश्य र ध्वनिको संयोजनमार्फत फरक प्रयोग गरिएको छ ।
लामो अन्तरालपछि आएको यो कमब्याकले विश्वभरका फ्यानहरूमा उत्साह थपेको छ । नयाँ एल्बम ‘अरिराङ’ मार्फत बीटीएसले पुनः आफ्नो विश्वव्यापी प्रभावलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
शनिबार दक्षिण कोरियाको राजधानी सियोलमा भब्यरुपमा ब्याण्डको पुनरागमन कन्सर्ट आयोजना हुँदैछ । झन्डै ३ लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको कन्सर्टलाई ध्यानमा राख्दै सियोलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
नेपाली दर्शकले शनिबार अपरान्ह ३ बजेर ४५ मिनेटदेखि नेटफ्ल्क्सिमा बीटीएस कन्सर्टलाई लाइभ हेर्न पाउनेछन् ।
प्रतिक्रिया 4