+
+
Shares

कच्चा पदार्थ अभावले पाइप उद्योग धमाधम बन्द हुँदै, खानेपानीका पूर्वाधार प्रभावित

‘पश्चिम एसियामा जारी तनावका कारण भारत लगायत तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थको ढुवानी विगत केही सातादेखि अवरुद्ध भइरहेको छ’ एसोसिएसनले भनेको छ, ‘जसकारण हाल केही उद्योगमा कच्चा पदार्थको मौज्दात शून्य भएकोले उद्योग नै बन्द रहेको अवस्था छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम एसियाली द्वन्द्वका कारण प्लास्टिकजन्य कच्चा पदार्थको आपूर्ति अवरुद्ध भएर एचडीपी पाइप उद्योग संकटमा परेको छ।
  • एचडीपी ग्रानुयल्सको मूल्य करिब ६२ प्रतिशतले बढेको र इन्धन र डलर मूल्यवृद्धिले ढुवानी खर्च समेत वृद्धि भएको छ।
  • पाइप उद्योगले खानेपानी कार्यालय र अन्य संस्थासँग भएका सम्झौतामा मूल्य र कार्य अवधि समायोजन गर्न अपिल गरेको छ।

८ चैत, काठमाडौं । पश्चिम एसियाली मुलुकमा भएको द्वन्द्वले गर्दा कच्चा तेलसँगै प्लास्टिकजन्य कच्चा पदार्थको अभाव भएको छ ।

जसले गर्दा प्लास्टिकजन्य कच्चा पदार्थ आपूर्ति गरी उत्पादन गर्दै आएका स्वदेशी उद्योग संकटमा परेका छन् । यतिबेला एचडीपी (हाइडेन्सिटी पोलिथिन पाइप) उद्योगलाई कच्चा पदार्थको अभावले समस्या पारेको छ । कच्चा पदार्थ नभएपछि केही पाइप उद्योग बन्द भएका छन् ।

हाइडेन्सिटी पोलिथिन पाइप म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै उद्योगका समस्याबारे अवगत गराएको छ ।

‘एचडीपी उद्योगमा प्रयोग गरिने कच्चा पदार्थ (एचडीपी ग्रानुयल्स) कच्चा तेलको प्रशोधन गरी उत्पादन गरिन्छ, पश्चिम एसियामा जारी तनावका कारण भारत लगायत तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थको ढुवानी विगत केही सातादेखि अवरुद्ध भइरहेको छ’ एसोसिएसनले भनेको छ ‘जसकारण हाल केही उद्योगमा कच्चा पदार्थको मौज्दात शून्य भएकोले उद्योग नै बन्द रहेको अवस्था छ भने केही उद्योग बन्द हुने संघारमा छन् ।’

प्रतिस्पर्धात्मक बजारमा माग र आपूर्तिले मूल्य निर्धारण हुने भएको जनाउँदै एसोसिएसनले कच्चा पदार्थको नयाँ मूल्य करिव ६२ प्रतिशतले बढेको जनाएको छ ।  ‘इन्धनमा भएको मुल्यवृद्धिले ढुवानी खर्च समेत वृद्धि भएको, अमेरिकन डलरको मूल्यवृद्धिलाई समेत समायोजन गर्दा भार परेको छ’ एसोसिएसनले भनेको छ । साथै यसले उत्पादित पाइपको पनि मूल्य केही बढेको एसोसिएसनले प्रष्ट पारेको छ ।

कच्चा पदार्थ सहज रुपमा आपूर्ति नभएसम्म मूल्य वृद्धिको सीमा यकिन गर्न नसकिने एसोसिएसनले जनाएको छ । यसले प्रत्येक्ष रुपमा मुलुकको खानेपानी लगायत पूर्वाधार क्षेत्रको विकासमा समेत असर पर्ने भएको छ । त्यस्ता पूर्वाधारको लागत महँगिन जाने र समयमै नसकिने अवस्था सिर्जना भएको छ । अहिले खानेपानी कार्यालय तथा पाइप आवश्यक पर्ने संस्थालाई पाइप उपलब्ध गराउन नसकिने उद्योगहरूले बताएका छन् ।

‘पाइप उद्योगले विभिन्न खानेपानी कार्यालय लगायत गैर सरकारी संस्थाहरुसँग गरेका बोलपत्र सम्झौता, निर्माण व्यवसायीसँग भएका बिक्री सम्झौता, विभिन्न उपभोक्ता समिति, स्थानीय निकाय लगायतसँग गरिएका पाइप आपूर्तिका सम्झौतामा उल्लेख गरिएका मूल्य, कार्य सम्पन्न अवधि लगायतका बुँदामा आपसी समझदारीमा समायोजन गर्न सबै पक्षलाई अपिल गर्दछौं’ एसोसिएसनले भनेको छ ।

साथै बैंक तथा वित्तीय संस्थालाई समेत फाइनान्सिङ सहजता प्रदान गर्न आग्रह गरिएको छ । त्यस्तै संघले उद्योगलाई नआत्तिन र धैर्यता राख्न आग्रह गरेकोछ । ‘पाइप उत्पादन तथा वितरणमा वर्षौंदेखि संलग्न व्यवसायीलाई यस विषम परिस्थितिमा सुझबुझ र धैर्यता अपनाई कार्य गर्नु हुन समेत अपिल गर्दछौं’ संघले भनेको छ ।

जटिल परिस्थितिको फाइदा उठाई पाइपको अस्वभाभिक मुल्यवृद्धिमा संलग्न जो कोहीलाई पनि कानुन बमोजिम कारवाही गर्न एसोसिएसनले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?