+
+
Shares

बालेनलाई ओलीले फेसबुकबाट दिए बधाई

यसअघि ओली बालेनको शपथ ग्रहण समारोहमा भने सहभागी भएका थिएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १४:५१

१३ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त भएकामा बालेन्द्र शाह(बालेन)लाई बधाई दिएका छन् । शुक्रबार फेसबुकमार्फत ओलीले बालेनलाई बधाई दिएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई,’ ओलीले लेखेका छन्, ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’

यसअघि ओली बालेनको शपथ ग्रहण समारोहमा भने सहभागी भएका थिएनन् ।

ओली र बालेन फागुन २१ को निर्वाचनमा झापा–५ मा प्रतिस्पर्धी थिए । जहाँ ओलीलाई पराजित गर्दै बालेन निर्वाचित भएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?