११ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका उच्च पदाधिकारीहरूसँग फेरि छलफलमा जुटेका छन् । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार, गृहमन्त्री गुरुङ केहीबेर अघि प्रहरी प्रधान कार्यालय नक्साल पुगेका थिए ।
उनी अहिले प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्रका एआईजी गणेश ठाडा मगर उपत्यका प्रहरीका एआईजी ईश्वर कार्कीसहितको छलफलमा छन् ।
गृहमन्त्री गुरुङले आजै साँझ नेपाल प्रहरी र सशस्त्रका आईजीपीसँग छलफल गरेर छुट्टिएका थिए । अहिले पुन: उनी छलफलका लागि नक्साल पुगेका हुन् ।
यसैबीच आजैमात्रै सरकारले पहिलो निर्णयमा नै जेनजी आन्दोलनको दमनबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि प्रहरी र सशस्त्रका सबै युनिटलाई अलर्ट रहन सर्कुलर भइसकेको छ ।
प्रतिक्रिया 4