+
+
Shares

हतारमा होइन, विचार पुर्‍याएर सरकार अघि बढोस् : संविधानविद् अधिकारी

उनको भनाइ छ- ‘कार्की प्रतिवेदन द्रूत मार्ग होइन । यसले स्पष्टता, अध्ययन र विचारशील कार्यको लागि आह्वान गर्दछ– हतार होइन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संविधानविद् डा. विपिन अधिकारीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउपछि सरकारलाई विचार पुर्‍याएर अघि बढ्न सुझाव दिनुभयो।
  • उहाँले 'सावधानीको नोट' शीर्षकमा लेख्दै हतारमा गरिएका प्रतिक्रियाभन्दा सोचविचार गरेर गरिएका निर्णयले बलियो परिणाम ल्याउने उल्लेख गर्नुभयो।
  • डा. अधिकारीले कार्की प्रतिवेदन द्रूत मार्ग नभएको र यसले स्पष्टता, अध्ययन र विचारशील कार्यको लागि आह्वान गर्ने बताउनुभयो।

१४ चैत, काठमाडौं । संविधानविद् डा. विपिन अधिकारीले विचार पुर्‍याएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउपछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै डा. अधिकारीले विचारशील कार्यको लागि आह्वान गरेका हुन् ।

‘सावधानीको नोट’ शीर्षक दिएर उनले लेखेका छन्, ‘एकछिन विचार पुर्‍याउनुहोस् । हतारमा गरिएका प्रतिक्रियाहरू भन्दा सोचविचार गरेर गरिएका निर्णयहरूले बलियो परिणामहरू सिर्जना गर्छन् ।’

उनले आजको स्पष्टताले भोलिको लागि आत्मविश्वास निर्माण गर्ने उल्लेख गरेका छन् । साथै कार्की प्रतिवेदन द्रूत मार्ग नभएको पनि उल्लेख गरेका छन् ।

‘आजको स्पष्टताले भोलिको लागि आत्मविश्वास निर्माण गर्छ । कार्की प्रतिवेदन द्रूत मार्ग होइन । यसले स्पष्टता, अध्ययन र विचारशील कार्यको लागि आह्वान गर्दछ– हतार होइन,’ संविधानविद् अधिकारीले लेखेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?