+
+
Shares

जेनजी आन्दोलनका दमनकारीलाई बचाउने षड्यन्त्र नहोस् : जेनजी मुभमेन्ट नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका दमनकारीलाई बचाउने षड्यन्त्र कतैबाट नगर्न आग्रह गरेको छ।
  • संस्थाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएकोमा स्वागत गरेको छ।
  • जेनजी आन्दोलनका दमनमा संलग्न गृह प्रशासन र सुरक्षा निकायका जिम्मेवारलाई पक्राउ गरी निष्पक्ष छानबिन र कानुनी कारबाही माग गरेको छ।

१४ चैत, काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका दमनकारीलाई बचाउने षड्यन्त्र कतैबाट नगर्न आग्रह गरेको छ ।

संस्थाले प्रेस वक्तव्य निकालेर जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएकोमा स्वागत गरेको छ ।

साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी निष्पक्ष छानबिन तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।

‘जेनजी आन्दोलनका दमनकारीलाई बचाउने कुनै पनि प्रकारको षड्यन्त्र कहीं कतैबाट नहोस् भन्ने कुरामा हामी सचेत गराउन चाहन्छौं’ वक्तव्यमा भनिएको छ, ‘यदि यस्ता प्रयासहरू भएमा देशैभरि युवाहरू थप सशक्त र कठोर संघर्षमा उत्रिन बाध्य हुनेछन् ।’

देशमा विधिको शासन कायम राख्दै शान्ति सुव्यवस्था सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै अगाडिद भनिएको छ, ‘वर्तमान परिस्थितिमा अराजकताको अन्त्य गर्दै नागरिकहरूको सुरक्षा र अधिकारको प्रत्याभूति गर्न सरकार अझ संवेदनशील, जिम्मेवार र प्रतिबद्ध बन्नुपर्ने आवश्यकता रहेको हामी जोड दिँदै आएका छौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?