+
+
Shares

आफ्नै पूर्वाधार निर्माण कम्पनी स्थापना गर्ने सरकारको कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते २२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नै पूर्वाधार निर्माण कम्पनी स्थापना गर्ने नीति लिएको छ।
  • सरकारले दुई पटकभन्दा बढी ठेक्का नलागेका आयोजनालाई सो कम्पनीमार्फत प्रत्यक्ष कार्यान्वयन गर्ने योजना बनाएको छ।
  • तीस दिनभित्र कानून तर्जुमा गरी कम्पनीका लागि स्रोत, साधन, जनशक्ति तथा उपकरण व्यवस्थापन गर्ने सरकारको कार्यसूचीमा उल्लेख छ।

१४ चैत, काठमाडौं । बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले आफ्नै पुर्वाधार निर्माण कम्पनी स्थापना गर्ने नीति लिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरिएका १०० कार्यसूचीअन्तर्गत दुई वटा विशेष कारणमा काम गर्न सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने योजना बनाएको हो ।

राष्ट्रिय तथा प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा देखिएको ढिलासुस्ती तथा ठेक्का प्रक्रियामा बारम्बार असफलता अन्त्य गर्न यो योजना ल्याउन लागेको शासकीय सुधारको कार्यसूचीमा उल्लेख छ ।

दुई पटक भन्दा बढी ठेक्का नलागेका वा ठेक्का प्रक्रिया असफल भएका आयोजनाहरूलाई सरकारी पूर्वाधार निर्माण कम्पनीमार्फत प्रत्यक्ष कार्यान्वयन गर्ने जनाइएको छ ।

जसको व्यवस्थाका लागि तीस दिनभित्र कानून तर्जुमा गरी उक्त कम्पनीका लागि आवश्यक पर्ने स्रोत, साधन, जनशक्ति तथा उपकरण व्यवस्थापन गर्ने सरकारको कार्यसूचीमा उल्लेख छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?