News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
- जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई ज्यान मुद्दामा अनुसन्धान गर्न सिफारिस गरिएको थियो।
- ओलीलाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने लेखकलाई प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको छ।
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ परेका उनलाई प्रहरीले आज अदालत उपस्थित गराएको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तीन प्रहरीसहित ७६ जनाको ज्यान गएको घटनामा जिम्मेवार ठहर गरी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री लेखकलाई ज्यान मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । प्रहरीले ओलीलाई पनि शनिबार बिहानै पक्राउ गरिसकेको छ । ओलीलाई पनि आज अदालत उपस्थित गराइँदैछ ।
ओलीलाई स्वास्थ्य जाँचको लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएकोमा डाक्टरको सुझाव अनुसार त्यहीँ भर्ना गरिएको छ । लेखकलाई भने प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया 4