+
+
Shares

ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक

आगामी १ वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १९:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी १ वैशाखदेखि ब्रिज कोर्सका कक्षा सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ।
  • मन्त्रालयले ब्रिज कोर्सले विद्यार्थीको मनोविज्ञान र शिक्षामा नकारात्मक प्रभाव पार्ने र आर्थिक बोझ पर्ने उल्लेख गरेको छ।
  • यो निर्णय विद्यालय तह र उच्च शिक्षाका भर्ना प्रक्रिया अघि लिइएको हो र शिक्षा मन्त्री सस्मित पोखरेलको कार्यकालमा आएको हो।

१५  चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको हो ।

‘यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिन्छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आगामी १ वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रीमा सस्मित पोखरेल आएपछि यो निर्णय भएको हो ।

हेर्नुहोस् विज्ञप्ति :

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?