News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदलाई मन्त्रालयमा खटाउने तयारी गरिरहेको छ, तर अहिलेसम्म खटाएको छैन।
- रास्वपाका प्रवक्ता मनिष झाले सांसदलाई क्षमता अभिवृद्धिका लागि मन्त्रालयमा खटाउन लागेको बताए।
- प्रधानमन्त्री बालेन्द्र शाहले सबै दलका सांसदसँग सिंहदरबारमा छलफल थालेका छन्।
१६ चैत, काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई मन्त्रालयमा खटाउने भएको छ । विषय विज्ञ सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउन लागेको हो ।
‘तयारी भइरहेको हो, खटाइसकेको छैन । गृहकार्य गर्दै छौं,’ रास्वपाका प्रवक्ता मनिष झाले भने ।
सांसद भनेको भविष्यको सम्भावित मन्त्रीसमेत रहेको बताउँदै क्षमता अभिवृद्धिका लागि पनि सहयोग पुग्ने भएकाले मन्त्रालयमा सांसदलाई खटाउन लागेको रास्वपाले जनाएको छ । ‘सांसद भनेको भविष्यको मन्त्रीसमेत हो । उसको लागि ट्रेनिङ पनि हुन्छ,’ झाले भने ।
कतिपय सांसदले भने आफ्नो विज्ञता भएको मन्त्रालयमा गएर मन्त्रीको कामलाई सहजीकरण र सहयोग गरिरहेका छन् ।
जनभावना अनुसार छिटो छरितो काम गर्नका लागि सांसदले मन्त्रीलाई सहयोग गर्न यो अवधारण अघि सारेको रास्वपाको भनाइ छ ।
प्रवक्ता झाका अनुसार, सांसदका साथै पार्टीको केन्द्रीय विभागका सदस्यहरूलाई पनि खटाउने भएका छ । २१ फागुनमा भएको चुनावमा रास्वपाले झण्डै दुई तिहाइ नजिकको मत ल्याएर सरकार बनाएको हो । गत १३ चैतमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार बनेको थियो ।
प्रधानमन्त्री शाहले पनि सबै दलका सांसदहरूलाई सिंहदरबार बोलाएर छलफल थालेका छन् ।
हिजो मन्त्रीहरूसँग छलफल गरेका प्रधानमन्त्री शाहले आज प्रदेशगत रुपमा सांसदहरूसँग छुट्टाछुट्टै छलफल अघि बढाएका हुन् ।
प्रतिक्रिया 4