+
+
Shares

एमाले सचिवालय बैठक बस्दै, एजेण्डा के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते ९:०४

१७ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बस्न लागेको यो दोस्रोपटक हो ।

गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो ।

आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा पनि पार्टीका आगामी कार्यक्रमबारे छलफल हुने एक नेताले जानकारी दिए ।

जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले उनीहरुकै घरबाट शनिबार बिहान झिसमिसेमै पक्राउ गरेको थियो ।

उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले गत आइतबार प्रहरीलाई अनुमति दिएको थियो । साथै बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

यो पक्राउलाई एमालेले गैरकानुनी र प्रतिशोधपूर्ण भनेर आलोचना गर्दै आएको छ । ओली रिहाइको माग गर्दै एमाले जनसंगठनहरुले काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा विरोध प्रदर्शन समेत गर्दै आएका छन् ।

साथै लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद गर्ने तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय समेत एमालेले गरेको थियो । त्यसका लागि उपाध्यक्षत्रय रामबहादुर थापा बादल, विष्णु पौडेल र गोकर्ण विष्टलाई जिम्मा दिइएको थियो । आजको बैठकमा यस विषयमा समेत छलफल हुने एक नेताले जानकारी दिए ।

अर्का एक नेताले संसदीय दलको नेता छनोटबारे पनि बैठकमा छलफल हुने जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?