News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक १७ चैत काठमाडौंमा सम्पन्न भएको छ।
- पूर्णबहादुर खड्का-शेखर कोइराला समूहले छुट्टै छलफल सुरु गरेको छ।
- बैठकमा ८४ जना नेताहरू सहभागी भएका थिए र ११४ जनालाई खबर गरिएको थियो।
१७ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको आजको बैठक सकिएको छ । भोलि फेरि दिउँसो १ बजे बस्ने बताइएको छ । पार्टीभित्र विवाद बढिरहँदा पूर्णबहादुर खड्का-शेखर कोइराला समूहले छुट्टै छलफल थालेको हो ।
काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा बसेको बैठकमा १४औं केन्द्रीय कार्यसमितिमा रहेका यो समूहमा भएकाहरू सहभागी थिए ।
आजको बैठकमा ८४ जना नेताहरू सहभागी भएका थिए । नेताहरूका अनुसार बैठकमा सहभगी हुनका लागि ११४ जनालाई खबर गरिएको र ११२ जनाले आउने जानकारी गराएका थिए ।
यी हुन् भेलामा सहभागी नेताहरू
पूर्णबहादुर खड्का
शेखर कोइराला
विमलेन्द्र निधि
प्रकाशमान सिंह
शशांक कोइराला
विजयकुमार गच्छदार
बद्रि पाण्डे
जीवन परियार
मान बहादुर विश्वकर्मा
मोहन बस्नेत
महेन्द्रा सुब्बा
सरस्वती बजिमया
कल्याणी रिजाल
शारदा पौडेल
पुष्प पराजुली
अर्जुन जंगबहादुर सिंह
आशा विक
सीता राना
राधा घले
रामहरि खतिवडा
जीवनबहादुर शाही
ध्यानगोविन्द रञ्जित
राजीव विक्रम शाही
मानबहादुर नेपाली
सीता देवकोटा
सरस्वती तिवारी
विद्या तिमलसिना
लक्ष्मी खतिवडा
जीवन राना
कान्तिका सेजुवाल
रमा कोइराला
शुशिला मिश्र
डा रण बहादुर रावल
इश्वरी न्यौपाने
महालक्ष्मी उपाध्याय डिना
अम्बिका बस्नेत
आनन्द ढुंगाना
बलबहादुर केसी
डा मिनेन्द्र रिजाल
एनपी साउद
शिव हुमागाईं
किरण पोडैल
उमेशजंग रायमाझी
जितजंग बस्नेत
गुरु बराल
गणेश लामा
दिपक गिरी
दीलेन्द्र बडू
कुन्दन काफ्ले
श्याम घिमिरे
गेहेन्द्र गिरी
मदनबहादुर अमात्य
गोविन्द भट्टराई
भीम पराजुली
हरिशरण नेपाली
शंकर भण्डारी
सीता गुरुङ
पद्म नारायण चौधरी
कृष्ण किशोर घिमिरे
प्रदीप सुनुवार
शान्ति विक
प्रदेश सभापति
वीर बहादुर बलायर- सुदुरपश्चिम
ललितजंग शाही – कर्णाली
प्रतिक्रिया 4