+
+
Shares

गुर्जुधारा यातायात कार्यालयबाट समातिए ८ बिचौलिया

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुर्जधारास्थित यातायात कार्यालयबाट सेवाग्राहीलाई दुःख, हैरानी दिएको आरोपमा ८ बिचौलिया पक्राउ परेका छन्।
  • पक्राउ पर्नेहरूमा काठमाडौं, काभ्रे, धादिङ, मकवानपुर, बझाङ र मोरङका विभिन्न उमेर समूहका ८ जनाको नाम उल्लेख छ।
  • वृत्त थानकोटले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए।

१७ चैत, काठमाडौं । गुर्जधारास्थित यातायात कार्यालयबाट ८ जना बिचौलिया पक्राउ परेका छन् ।

प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सेवाग्राहीलाई दुःख, हैरानी दिएको आरोपमा ८ बिचौलियालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं कुलेश्वरका २५ वर्षीय पासाङ तामाङ, काभ्रेको तेमाल गाउँपालिका–८ का ३० वर्षीय सुनिल लामा, काठमाडौं चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीय सुदीप मगर, धादिङको थाक्रे गाउँपालिका–४ का २० वर्षीय बुद्ध तामाङ छन् ।

त्यसैगरी मकवानपुरको थाहा नगरपालिका–९ का २६ वर्षीय सुमेश नेपाली, थाक्रे गाउँपालिका–४ का २४ वर्षीय अमन तामाङ, बझाङको तेलकोट गाउँपालिका–४ का १८ वर्षीय उज्जवल सिंह र मोरङको केराबारी गाउँपालिका–५ का २६ वर्षीय दिलिप राई छन् ।

उनीहरूलाई वृत्त थानकोटको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

यसअघि वृत्त स्वम्भूले ७ र जिल्ला प्रहरी परिसर ललितपुरले एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?