+
+
Shares

आफ्नै मुद्दाको बहस सुन्न जाने ट्रम्पको संकेत, बन्न सक्छ इतिहास

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १९:११

१८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सम्बन्धी आफ्नो कार्यकारी आदेशमाथि हुने सर्वोच्च अदालतको बहस अवलोकन गर्न आफू उपस्थित हुने संकेत दिएका छन् ।

यदि ट्रम्प बुधबार अदालतको इजलासमा उपस्थित भए, यो अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिले सर्वोच्च अदालतको मौखिक बहसमा भाग लिएको पहिलो घटना हुनेछ ।

मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘म जाँदैछु, मलाई त्यस्तै लाग्छ ।’

यद्यपि, इतिहासकारहरूका अनुसार यसअघि कुनै पनि बहालवाला राष्ट्रपतिले यस्तो अभ्यास गरेका छैनन् ।

ट्रम्पले यसअघि पनि ‘लिबरेसन डे ट्यारिफ’ को मुद्दामा अदालत जाने चर्चा गरेका थिए, तर अन्तिम समयमा उनी पछि हटेका थिए ।

ओभल अफिसमा बोल्दै ट्रम्पले संविधानको १४औं संशोधनको कडा आलोचना पनि गरेका छन् । यो संशोधन ‘बर्थ टुरिज्म’ वा अवैध रूपमा बसोबास गर्नेहरूका सन्तानका लागि नभएको बताए ।

‘यो दासका बच्चाहरूको सुरक्षाका लागि थियो,’ ट्रम्पले भने, ‘यो करोडपति वा अर्बपतिहरूका लागि होइन, जो आफ्ना छोराछोरीलाई अमेरिकी नागरिकता दिलाउन चाहन्छन् ।’

अधिकांश संवैधानिक विज्ञ र कानुनी नजिरहरूले ट्रम्पको यो सीमित व्याख्यालाई अस्वीकार गर्दै आएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?