+
+
Shares

होर्मुज स्ट्रेटको भविष्य केवल इरान र ओमानको हातमा : इरानी विदेशमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते ९:५६

१९ चैत, काठमाडौं । इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले होर्मुज स्ट्रेटको भविष्यको फैसला इरान र ओमानको हातमा रहेको बताएका छन् ।

उनले बुधबार होर्मुज स्ट्रेटको भविष्यको फैसला केवल इरान र ओमानले तय गर्ने बताएका हुन् ।

अरागचीको उक्त बयानलाई विभिन्न देशहरूका अवस्थित इरानी दूतावासहरूले आफ्नो सोशल मिडिया ह्यान्डल’ मा शेयर (साझा) गरेका छन् ।

भारतस्थित इरानी दूतावासले पनि बयान साझा गरेको छ । उसले एक अन्य पोस्टमा भनेको, ‘हामौ भारतीय मित्र सुरक्षित हाथमा छन्, चिन्ता गर्नुपर्ने केही कुरा छैन ।’

होर्मुज स्ट्रेटको विषयलाई लिएर इरान र अमेरिका आमने–सामने छन् । इरान युद्ध सुरू भएपछि उक्त मार्ग भएर भारत, पाकिस्तान र चीनजस्ता केही देशका जहाजहरूलाई मात्रै अवागमनको अनुमति दिइएको छ ।

उक्त समुद्री मार्ग बन्द भएपछि संसारभर तेलको मूल्यमा वृद्धि भएको छ । विश्वमा झण्डै २० प्रतिशत ऊर्जा व्यापार यही समुद्री बाटो भएर हुने गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?