+
+
Shares

संसद्‌मा आज रवि लामिछानेले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते ११:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।
  • रास्वपा २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ र एक्लैले दुई तिहाइ नजिकको सरकार बनाएको छ।
  • नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा, श्रम संस्कृति पार्टीका संसदीय दलका नेताहरूले पनि प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नेछन्।

१९ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

आजबाट प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् ।

रास्वपाका प्रवक्ता मनिष झाले सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिए ।

रास्वपा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हो । २१ फागुनमा सम्पन्न निर्वाचनबाट २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सहित सबैभन्दा ठूलो दलको रुपमा आएको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्यसुनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ५ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

विघटित प्रतिनिधिसभामा रास्वपा २१ सिटसहित चौथो दलको रुपमा रहेको थियो । चौथो दलबाट रास्वपा पहिलो दल बनेको हो । दुई तिहाइ नजिकको शक्तिशाली सरकार रास्वपा एक्लैले बनाएको छ ।

अन्य दलबाट भने संसदीय दलका नेताहरूले सम्बोधन गर्दैछन् ।

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बोल्दैछन् । श्रम संस्कृति पार्टीका हर्क साम्पाङ बोल्दैछन् ।

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन । तर कांग्रेसको तर्फबाट भिष्मराज आङदाम्बेले सम्बोधन गर्दैछन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?