+
+
Shares

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, पेसमेकर फेरियो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते ११:५५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वयुवराज पारस शाहलाई बिहीबार बिहान काठमाडौंको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
  • उहाँको मुटुमा समस्या भएर पेसमेकरको ब्याट्री सकिएकाले नयाँ पेसमेकर परिवर्तन गरिएको चिकित्सकले बताए।
  • शाहको स्वास्थ्य अवस्था स्थिर छ र दुई तीन दिनमा डिस्चार्ज गर्न सकिने चिकित्सकले खुलाएका छन्।

१९ चैत, काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो।

उपचारमा संलग्न चिकित्सका अनुसार बिहीबार बिहान पेसमेकर फेरिएको हो ।

‘मुटुमा समस्या भएको कारणले बैंककमा पेसमेकर हालिएको थियो,’ ती चिकित्सकले भने, ‘ उक्त उपकरणको ब्याट्री सकिएकाले त्यसलाई परिवर्तन गरिएको हो ।’

चिकित्सकका अनुसार शाहको मुटु कमजोर भएपछि पेसमेकर शरीरमा राखिएको हो । ‘अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ । दुई तीन दिनमा डिस्चार्ज गर्न सकिन्छ,’ ती चिकित्सकले भने ।

पेसमेकर मुटुलाई कृतिम चाल दिने यन्त्र हो । व्यक्तिलाई आवश्यक पर्ने मुटुको चाल मुटुले उत्पादन गर्न नसक्दा शरीरमा पेसमेकर राखिने गर्छ ।

मुटुले चाल उत्पन्न गर्न नसक्दा रिगाँटा लाग्ने देखि होस् नै हराउने सम्मको अवस्था सिर्जना गर्छ । त्यस्तो व्यक्तिका लागि मुटुको चाल निकाल्नका लागि पेस मेकर उपकरण शरीरमा राखिन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?