+
+
Shares

ओली-लेखक पक्राउबारे लामिछानेले भने- न्याय पाउने पहिलो हक शहीदकी आमाको

बिहीबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका छन्।
  • लामिछानेले विपक्षी दलहरूलाई विधिको पालना गर्न आग्रह गर्दै सत्ता छाड्न परेपछि विदेशी चलखेल गर्ने भाषण नहुने बताए।
  • उनले पारदर्शी परराष्ट्र नीति र स्वदेशी तथा विदेशी लगानीकर्तालाई सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरे।

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विषयमा भएको भएको विरोधप्रति जवाफ फर्काएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै लामिछानेले भने, ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो यसलाई प्रतिशोधन भन्न पाइनेछैन ।’

उनले विधिको पालना गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरे ।

त्यस्तै उनले सत्ता छाड्न परेपछि विदेशी चलखेल भनेर गरिने भाषण अब नहुने बताए ।

यसअघि सत्तामा रहेका दलहरूलाई लक्षित गर्दै उनले भने, ‘सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने खेल अब हुनेछैन । पारदर्शी परराष्ट्र नीति अब हुनेछ । यसले पहिले राष्ट्रहित सुनिश्चित हुनेछ ।’

उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पारदर्शीता र सुरक्षाको ग्यारेन्टी पनि गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?