+
+
Shares

रविको कुरा काट्दै हर्कले भने- संसदमै विभेद छ

यसअघि दलीय आधारमा बोल्दै रास्वपा सभापति लामिछानेले दलितमाथि सदियौँदेखि विभेद भएको भन्दै सरकारका तर्फबाट माफी मागेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १५:३५

१९ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन् । बिहीबार नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्तिमाथि सांकेतिक टिप्पणी गर्दै सत्ता पक्ष र साना दलबीच संसद्मा विभेद रहेको दाबी गरेका हुन् ।

‘हामी विभेदको अन्त्य गर्छौँ भनिरहेका छौं । यहीँभित्र संसद्मा विभेद छ,’ साम्पाङले भने, ‘सत्तापक्षले ३० मिनेट, ४० मिनेट बोल्दा पनि हुने, साना दलले ३ मिनेट, चार मिनेटमा सक्नुपर्ने ।’

साना दलका सांसद पनि जनताबाट चुनिएर आएकाले आफ्ना कुरा खुलस्त राख्न पाउनुपर्ने उनले बताए । ‘हामी पनि जनताबाट चुनिएर आएका हौँ हामीले पनि जनताका कुरा सदनमा राख्न पाउनुपर्छ,’ उनले भने ।

यसअघि दलीय आधारमा बोल्दै रास्वपा सभापति लामिछानेले दलितमाथि सदियौँदेखि विभेद भएको भन्दै सरकारका तर्फबाट माफी मागेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?