+
+
Shares

सरकारले विस्थापन होइन, व्यवस्थापनको नीति लिनुपर्छ : हर्क साम्पाङ

श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले लिने नीतिबारे आफ्नो सुझाव भन्दै केही आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभई व्यवस्थापनको नीति लिनुपर्ने सुझाव दिएका छन्।
  • उनले सुकुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोज्दै डोजर चलाउने चलनको अन्त्य गर्न आग्रह गरे।
  • साथै उनले भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

१९ चैत, काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले लिने नीतिबारे आफ्नो सुझाव भन्दै केही आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले विस्थापन नभई व्यवस्थापनको नीति लिनुपर्ने बताएका हुन् ।

‘सुकुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोज्दै डोजर चलाउने चलनको अन्त्य गरियोस्,’ उनले भने, ‘ जनताको घर टहरा भत्काउनु हुँदैन । सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अगाडि बढाओस् भनेर भन्न चाहन्छु ।’

उनले भूमिहीनलाई लालपुर्जाको व्यवस्था गर्न पनि आग्रह गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?