१९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारलाई आशाको दियो बन्न सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै शाहीले डढेलो बन्न खोजेमा भने निभाउने सामर्थ्य राख्ने चेतावनी दिएका छन् ।
‘विगतका कमजोरी नदोहोरियोस्, जनताका आवाज सुन्ने शासन सञ्चालन होस्,’ शाहीले भने, ‘सत्ता सञ्चालनको संयन्त्र मात्र नभई जनताको आशा, भरोसा र भविष्यको दियो बनोस् ।’ त्यो दियो जोगाउने आफ्नो परम कर्तव्य रहेको उनले बताए । ‘हामी जोगाउँछौँ । तर दियो डढेलोमा परिणत नहोस्, यदि त्यो दियो डँढेलो दियो बन्ने कोसिस गर्छ भने हेक्का रहोस् त्यसलाई नियन्त्रण गर्ने, त्यसलाई निभाउने साहस हामीले राख्नुपर्छ । र, राख्छौँ पनि,’ शाहीले भने ।
सरकारलाई आवश्यक परेको बेला राप्रपा दुई तिहाइ अंक जुटाउन पनि मद्दत गर्ने शाहीले बताए । सरकारले प्रदेश खारेज र संवैधानिक राजतन्त्रसहित संविधान संशोधन गर्ने भए आफूहरू सहयोग गर्न तयार रहेको उनले बताएका हुन् ।
प्रतिक्रिया 4