+
+
Shares

छडी माछा किलोमै ७० रुपैयाँ बढ्यो, यस्तो छ बजार मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते ११:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार माछाको मूल्य बढेको छ।
  • छडी माछाको मूल्य प्रतिकिलो औसत ७० रुपैयाँ बढेर ३ सय १० रुपैयाँ पुगेको छ।
  • बचुवा माछाको मूल्य प्रतिकिलो औसत २० रुपैयाँ बढेर २ सय ९५ रुपैयाँ र रहु माछाको मूल्य ५ रुपैयाँ घटेर ३ सय ३० रुपैयाँ पुगेको छ।

२० चैत, काठमाडौं । बजारमा माछाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार माछाको मूल्य बढेको देखिएको हो ।

कालीमाटी बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइन्छन् । बजारमा बेच्न राखिएका माछाको जात अनुसार मूल्य पनि फरक–फरक छ ।

आज शुक्रबार छडी माछा प्रतिकिलो थोकमा औसत ७० रुपैयाँ बढेको छ । हिजो  बिहीबार प्रतिकिलो २ सय ४० रुपैयाँमा किनबेच भएको उक्त माछा आज प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै बचुवा माछाको मूल्य पनि प्रतिकिलो थोकमा औसत २० रुपैयाँ बढेको छ । हिजो बिहीबार प्रतिकिलो थोकमा औसत २ सय ७५ रुपैयाँमा किनबेच भएको बचुवा माछा २ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

बजारमा रहु माछाको मूल्य भने ५ रुपैयाँ घटेको छ ।  आज उक्त माछा प्रतिकिलो थोकमा ३ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?