+
+
Shares

‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार २०८१’ को घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नातिकाजी स्मृति समाजले 'नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार २०८१' को घोषणा गरेको छ।
  • नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान ९ जना स्रष्टालाई प्रदान गरिनेछ।
  • नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, प्रतिभा पुरस्कार, शास्त्रीय सङ्गीत पुरस्कार र कला पत्रकारिता पुरस्कार पनि प्रदान गरिने जनाइएको छ।

काठमाडौँ । ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार २०८१’ को घोषणा भएको छ । नातिकाजी स्मृति समाजले विज्ञप्तिमार्फत पुरस्कार प्राप्त गर्ने स्रष्टाको घोषणा गरेको हो ।

यसअघि मुलुकको राजनीतिक अवस्था, आमनिर्वाचन तथा शोकका कारण स्थगित गरिएको सम्मान कार्यक्रमलाई यसपटक भव्य रूपमा सम्पन्न गर्ने निर्णय समेत भएको जनाइएको छ ।

कालजयी संगीतकार नातिकाजी श्रेष्ठको स्मृतिमा स्थापित यस समाजले हरेक वर्ष स्रष्टाको पहिचान र प्रोत्साहनका लागि यस्तो सम्मान प्रदान गर्दै आएको छ ।

नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान ९ जना स्रष्टालाई प्रदान गरिने भएको छ । सम्मानित हुनेमा गीतकार नारायणकुमार आचार्य, गायक जुजुकानी रञ्जित, गीतकार वीरेन्द्र पाठक, गायक शशी गुरुङ, गायक गणेश पराजुली, गीतकार भीमार्जुन आचार्य, संगीतकार निर्वाणसिंह गुरुङ, गीतकार साबु गदाल र गीतकार तथा संगीतकार अष्ट लामा छन् ।

नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कारबाट मनोज खड्का, गायक रोशन गुरुङ, संगीतकार ताराप्रकाश लिम्बु, गायिका सरिता शाही, एरेन्जर चाँद सिंह र रेकर्डिष्ट महेश्वर राजभण्डारी पुरस्कृत गरिने भएको छ ।

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट गायिका सहिमा श्रेष्ठ, गायक सुरेश लामा र गायिका विपना तामाङलाई पुरस्कृत गरिने भएको छ । शास्त्रीय सङ्गीत पुरस्कार विधातर्फ प्रमोद उपाध्यायलाई पुरस्कृत गरिने जनाइएको छ ।

नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार अनन्त वाग्ले र गीता अधिकारीलाई प्रदान गरिने जनाइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?