+
+
Shares

रेशम चौधरी पक्राउको पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत विष्ट दोषी ठहर

जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ।
  • विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेका थिए।
  • न्यायाधीश खिमानन्द भुषालको इजलासले विष्टलाई कैद र जरिवानाका लागि अर्को सुनुवाई गर्न आदेश दिएको छ।

२२ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ ।

सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालिन संस्थापक नेता रेशम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए ।

न्यायाधीश खिमानन्द भुषालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाका लागि अर्को सुनुवाई गर्न आदेश दिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।

गत वैशाख १७ गते सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले जारी गरेको पत्रका आधारमा पार्टी एकीकरणको घोषणापत्रमा पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षण एवं पूर्वसांसद रेशम चौधरी पक्राउ परेका थिए ।

अदालतमा विचाराधिन विषय टुंगो नलाग्दै चौधरीलाई कैद पठाउने भनी जारी गरिएको पत्र अनधिकृत र गैरकानूनी भएको निक्यौल हुनासाथ केही घण्टामै चौधरी रिहा भए । र, पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत विष्ट पक्राउ परेका थिए ।

कारागार र प्रहरीमा तत्काल अर्को पत्र पठाएर सर्वोच्चले रेशम चौधरीलाई रिहा हुने बाटो पनि खोलिदिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?