+
+
Shares

शेयर बजारबाट ठूला लगानीकर्ता बाहिरिने खतरा बढ्यो, सरकारको ध्यान जाओस् : रोकाय

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १३:०१

२३ चैत, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले शेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरू बाहिरिने खतरा रहेको औल्याउँदै त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

‘अहिले त्रासका कारण ठूला व्यवसायी बजारबाट बाहिरिने खतरा बढेको छ । यसतर्फ सम्माननीयज्यूमार्फत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रोकायले सेयर बजारमा आएको गिरावटले लगानी कर्तामा नकारात्मक भाष्य निर्माण भएको उल्लेख गर्दै त्यसलाई हटाउन सरकारले आवश्यक निर्णय लिनुपर्ने बताए ।

‘शेयर बजारमा लगानी कर्ताले करिब ३ खर्ब गुमाएका छन् । नयाँ र बलियो सरकार आईसकेपछि उद्योगी, व्यवसायी उत्साही पनि थिए । तर सरकारले उद्यागी व्यवसायी माथि गरेको एक्शनले पुँजी बजार अव बढ्न पाउँदैन भन्ने नकारात्मक भाष्य सृजना भएकाले नेप्सेमा लगातार उच्च अंकको गिरावट देखिएको स्टक ब्रोकर एशोसिशनले जनाएको छ,’ उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?