+
+
Shares

ओली र लेखकलाई बिना शर्त रिहा गरियोस् : ऐनबहादुर महर

नेकपा एमालेका सांसद ऐनबहादुर महरले तत्काल पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री रमेश लेखकलाई बिना शर्त रिहाइको माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद ऐनबहादुर महरले तत्काल पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री रमेश लेखकलाई बिना शर्त रिहाइको माग गरेका छन्।
  • सांसद महरले सरकारले गैरकानुनी र गैरन्यायीक ढङ्गले पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गरेको आरोप लगाए।
  • उनले शासकीय सुधार कार्यसूचीमा विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

२३ चैत, काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले तत्काल पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री रमेश लेखकलाई बिना शर्त रिहाइको माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रतिशोध र पूर्वाग्रहको राजनीति बन्द गर्दै तत्काल ओली र लेखकलाई बिना शर्त रिहाइको माग गरेका हुन् ।

उनले सरकारले गैरकानुनी र गैरन्यायीक ढङ्गले पक्राउ पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गरेको आरोप लगाए ।

लोकतन्त्रमा पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान नहुने भन्दै सांसद महरले विधि शासनको स्थापना गर्नका निमित्त सबैलाई समान खालको व्यवहार हुनुपर्ने बताए ।

त्यस्तै उनले सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीमा विद्यार्थी संगठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन समेत माग गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?