+
+
Shares

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई सोमबार राति अस्पताल भर्ना गरिएको छ।
  • डा. रत्नमणि गजुरेल सहितको टिम उनको उपचारमा खटिएको छ ।
  • उपराष्ट्रपति यादवको कतिपय परीक्षणका रिपोर्ट नर्मल आएको र कतिपय रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलले प्रेसर (उच्चरक्तचाप) बढेकाले अस्पताल भर्ना गरिएको बताए । ‘राति सुत्ने बेला असहज भएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याई पुर्‍याउँदा प्रेसर उच्च थियो,’ डा. गजुरेलले भने, ‘पेटमा ग्यास पनि भरिएको थियो ।’

डा. गजुरेलका अनुसार अहिले उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य छ । ‘कतिपय परीक्षण गरिएका रिपोर्ट नर्मल आएका छन्, केही परीक्षणका रिपोर्ट आउन बाँकी छ,’ उनले भने ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक एवं वरिष्ठ कार्डियोलोजिष्ट डा. रत्नमणि गजुरेल नेतृत्वको टिम र पेटरोग विशेषज्ञ उपचारमा संलग्न छन् ।

यादवलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?