News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गजला समिम मिकरानीले शिक्षा मौलिक अधिकार भएको र सबैले समान पहुँच पाउनुपर्ने बताइन्।
- उनले मधेश र ग्रामीण भेगमा शिक्षाको गुणस्तर कमजोर र मुस्लिम समुदाय अझै पछाडि रहेको उल्लेख गरिन्।
- नेपालको संविधानको धारा ३१ अनुसार प्रत्येक नागरिकलाई आधारभूत तहसम्म निःशुल्क शिक्षा पाउने हक रहेको छ।
२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद गजला समिम मिकरानीले शिक्षा मौलिक अधिकार भएको र यो व्यवहारमा सबैले प्राप्त गगर्न सक्नुपर्ने बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘शिक्षा मौलिक अधिकार हो । तर, मधेश र ग्रामिण भेगमा शिक्षाको गुणस्तर कमजोर छ । मुस्लिम समुदाय अझ पछाडि छ ।’
शिक्षामा सबैको समान पहुँच हुनुपर्ने उनको माग छ । नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था छ ।
जसमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने भनिएको छ ।
‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ संविधानको धारा ३१ को उपधारा २ मा भनिएको छ ।
अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुने भनिएको छ ।
दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुने संवैधानिक व्यवस्था छ ।
नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने व्यवस्था छ ।
प्रतिक्रिया 4