News Summary
Generated by OK AI. Editorially reviewed.- षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मीठो संसार’ लिरिकल भर्सनसहित सार्वजनिक गरिएको छ।
- गीतमा समीक्षा अधिकारी, दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङको स्वर छ भने कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ।
- फिल्मको प्रदर्शन मिति २०८३ वैशाख १८ गते तय गरिएको छ र यसमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ लगायत कलाकारको अभिनय छ।
काठमाडौं । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मीठो संसार’ सार्वजनिक गरिएको छ । फिल्मका दृश्यलाई समावेश गरेर तयार गरिएको लिरिकल भर्सनको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङको स्वर छ ।
कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ । गीतमा शब्द, सङ्गीत जयन जे वाइवाको छ । पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई युट्युबमा भ्यूज एक करोड बढी भ्यूज प्राप्त भएपछी फिल्मले दोस्रो गीत सार्वजनिक गरेको हो ।
‘मायालाई के दिऊँ म बैना’ करोड भ्यूज नाघेको अवसरमा निर्माताले केक काट्दै खुसियाली साटेका छन् । सार्वजनिक गीतमा दुई कलाकार स्वस्तिमा खड्का, प्रशंसा सुवेदी र समाइरा थापा फिचर्ड छन् ।
लेखक तथा निर्देशक यम थापाले सार्वजनिक दोस्रो गीत फिल्मको कथासँग जोडिएको बताए । उनले भने, ‘गीतमा आमा र छोरी बीचको प्रेम देखाइएको छ । छोरीप्रति आमाको माया र हुर्काउन गर्ने संघर्षलाई चित्रण गरिएको छ ।’
यो फिल्मको प्रदर्शन मिति २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय छ ।
यम थापाको निर्देशनमा तयार भएको फिल्मको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । भट्टराई कार्यकारी निर्माता पनि हुन् । म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माताको रुपमा छन् ।
प्रतिक्रिया 4