+
+
Shares

१ करोड ७० लाख पाठ्यपुस्तक छपाइ सकियो

जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिकसत्रको लागि १ करोड ७० लाख पाठ्यपुस्तक छपाइ सकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिकसत्रका लागि १ करोड ७० लाख पाठ्यपुस्तक छपाइ सकेको छ।
  • सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेकाले सो अवधिसम्म पुस्तक विद्यार्थीको हातहातमा पुर्‍याउने योजना छ।
  • प्रदेश कार्यालयबाट १२६० आधिकारिक बिक्रेताले सम्बन्धित पालिकामा पुस्तक वितरण गर्ने केन्द्रका प्रबन्धक यदुनाथ पौडेलले बताए।

२४ चैत, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिकसत्रको लागि १ करोड ७० लाख पाठ्यपुस्तक छपाइ सकेको छ ।

सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेकाले सो अवधिसम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने केन्द्रका प्रबन्धक सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए ।

‘विद्यार्थी संख्याको आधारमा प्रादेशिक कार्यालयमा पर्याप्त पुस्तक पुगिसकेको छ । १४–१५ लाखको दरले पुस्तक प्रदेश–प्रदेशमा लगिएको छ,’ उनले भने ।

प्रदेश कार्यालयबाट १२६० आधिकारिक बिक्रेताले सम्बन्धित पालिकामा पुर्‍याउने छन् । २१ फागुनको चुनावले पाठ्यपुस्तक छपाइमा कुनै असर नपरेको केन्द्रले जनाएको छ ।

केन्द्रले कक्षा १, २ र ४ बाहेकको पुस्तक छाप्ने गरेको छ । यी कक्षाको पाठ्यपुस्तक निजी क्षेत्रले छाप्ने गरेको छ । ‘कक्षा सञ्चालन हुँदा विद्यार्थीको हातहातमा पुस्तक पुग्छ । कुनै अभाव हुदैन,’ प्रबन्धक पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?