+
+
Shares

स्वास्थ्य मन्त्रालयको निर्देशन- आइतबार स्वास्थ्य सेवा नियमित गर्नू, बरु सट्टा बिदा लिनू

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि स्वास्थ्य सेवा निरन्तरता दिन अस्पतालहरूलाई निर्देशन दिएको छ।
  • सरकारले इन्धन खपत घटाउन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।
  • मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य मन्त्रालयलाई आइतबार सेवा सञ्चालन गर्न अनुरोध गरेको छ।

२७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि सेवालाई निरन्तरता दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

हप्तामा दुई दिन सार्वजानिक बिदा हुँदा स्वास्थ्य सेवा अस्तव्यस्त हुने गुनासो आएसँगै सो निर्णय गरेको हो । सरकारले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार बिदा दिने निर्णय गरिसकेको छ ।

सार्वजनिक विदाका कारण स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको हो ।

मन्त्रालय सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अस्पतालहरूले कार्यभार र उपलब्ध जनशक्ति हेरेर आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ ।

‘देशभरका अस्पताल र सम्बन्धित निकायलाई सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छौं,’ डा. अधिकारीले भने, ‘ कर्मचारी व्यवस्थापनतर्फ भने हप्तामा शनिबार बाहेक अर्को एक दिन विदा दिने भनेका छौं ।’

यदि सो अनुसार बिदा दिन सम्भव नभए सट्टा बिदा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

यसैगरी, उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागु गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?