२७ चैत, काठमाडौं । इजरायल–अमेरिका तथा इरानबीचको युद्धका कारण पश्चिम एसियाली देशहरूमा हालसम्म २८ जना नेपाली घाइते भएका छन् ।
यूएई, इराक रओमानमा गरेर हालसम्म २८ जना घाइते भएको र तीमध्ये २७ जना उपचारपछि डिस्चार्ज फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले घाईते भएकामध्ये २७ जना सामान्य उपचारपछि कार्यथलोमा फर्किसकेको बताए । एक जनाको हातमा चोट लागेकाले उपचारकै क्रममा रहेको प्रवक्ता पौडेलले बताए ।
घाईते हुनेमा २५ जना यूएईमा, २ जना इराक र १ जना ओमानमा रहेका छन्। ईरानले पश्चिम एसियामा रहेका यूएई, कतार, ओमान, बहराईन लगायतका देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दै आएको थियो । ड्रोन तथा क्षेप्यास्त्रका अवशेष लागेर ती नेपालीहरू घाइते भएका थिए ।
गत अप्रिल ३ मा यूएईको अबुधावीको अवजान क्षेत्रमा ७ जना घाइते भएका थिए।
ड्रोन आक्रमणमा परी मार्च २ मा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्युु भएको थियो ।
प्रतिक्रिया 4