News Summary
Generated by OK AI. Editorially reviewed.- निसानले नयाँ वर्ष योजना अन्तर्गत म्याग्नाइट गाडी प्रतिदिन ९९९ रुपैयाँमा खरिद गर्ने अफर सार्वजनिक गरेको छ।
- यस योजनामा ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, २ लाख रुपैयाँसम्म एक्स्चेन्ज बोनस, एक वर्षको बीमा र रोड ट्याक्स पाउनेछन्।
- म्याग्नाइटमा ५ स्टार ग्लोबल एनक्याप सुरक्षा रेटिङ, ६ एयरब्याग, ईएससी, हिल स्टार्ट असिस्ट र रियर पार्किङ क्यामेरा जस्ता सुविधा छन्।
२७ चैत, काठमाडौं । निसान गाडीले ‘नयाँ यात्रा’ शीर्षकमा विशेष नयाँ वर्ष योजना सार्वजनिक गरेको छ ।
जसअन्तर्गत ग्राहकले यस सिजनमा निसान म्याग्नाइट खरिद गर्दा आकर्षक अफर पाउनेछन् । सीमित अवधिका लागि लागु गरिएको यस योजनाअन्तर्गत ग्राहकले अब निसान म्याग्नाइट प्रतिदिन जम्मा ९९९ रुपैयाँमा आफ्नो बनाउन सक्नेछन्, जसले यस लोकप्रिय कम्प्याक्ट एसयूभीलाई अझ सहज र पहुँचयोग्य बनाएको कम्पनीको दाबी छ ।
‘नयाँ वर्ष अफरअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, २ लाख रुपैयाँसम्म एक्स्चेन्ज बोनस, एक वर्षको व्यापक बीमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्स प्राप्त गर्नेछन्’ कम्पनीले भनेको छ ।
निसान म्याग्नाइट नेपालमा रुचाइने कम्प्याक्ट एसयूभीमध्ये एक हो। यसको आकर्षक डिजाइन, सुविधासम्पन्न इन्टेरियर, दमदार प्रदर्शन र उत्कृष्ट मूल्यका कारण ग्राहकको रोजाइमा पर्दै आएको छ। ‘म्याग्नाइटले ५ स्टार ग्लोबल एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको छ, जसले ग्राहक सुरक्षाप्रति निसानको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।
निसान म्याग्नाइटमा उत्कृष्ट श्रेणीको २०५ एमएम ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट असिस्ट तथा रियर पार्किङ क्यामेरासहितको टचस्क्रिन जस्ता सुविधा उपलब्ध छन् । कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि नेपालभर रहेका सबै आधिकारिक निसान शोरुममा उपलब्ध छ ।
प्रतिक्रिया 4