+
+
Shares

उपसभामुखले गरिन पदभार ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपसभामुख रुबीकुमारी ठाकुरले ३० चैतमा सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गरेकी छन्।
  • गत २७ गते भएको उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीबाट ठाकुर र राप्रपाबाट सरस्वती लामाबीच प्रतिस्पर्धा भएको थियो।
  • ठाकुरले रास्वपाको समर्थन पाई उपसभामुखमा निर्वाचित भएकी हुन् र सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गरेकी छन्।

३० चैत, काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् ।

पदभार ग्रहणपश्चात उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट गरेकी छन् ।

गत २७ गते उपसभामुखको निर्वाचन भएको थियो । निर्वाचनमा श्रम संस्कृति पार्टीबाट ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार थिए । रास्वपाको समर्थन पाएकी ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?